जिल्ला प्रशासन कार्यालय कास्कीको सेवा अनिश्चितका लागि बन्द

पोखरा, माघ १० गते । जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि स्थगन गरिएको छ । विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण कर्मचारीहरु संक्रमित भएको भन्दै कार्यालयले सोमबारदेखि अत्याश्वयक बाहेकका सेवा स्थगन गरेको जनाएको छ ।

कास्की जिल्लामा दिनप्रति दिन बढदै गईरहेको संक्रमणले जिल्ला प्रशासन कार्यालय कास्कीमा कार्यरत केही कर्मचारी कोभिड संक्रमित भई आइसोलेसनमा उपचाररत रहेको र थप कर्मचारीहरुमा कोभिडसंग मिल्दोजुल्दो लक्षण देखा परेकोले संक्रमण जोखिम थप बढन सक्ने भन्दै शान्ति सुरक्षा, मुद्धा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्याबश्यक बाहेकका सेवा अर्को सुचना जारी नहुदाँ सम्मका लागि स्थगित गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...