फेवातालको सिमांकन गर्न महानगरले बनायो समिति, संयोजकमा अधिकारी

पोखरा, माघ १३ गते ।पोखरा महानगरपालिकाले फेवातालको सिमांकन गर्न समिति गठन गरेको छ । महानगरको ५३ औ कार्यपालिका बैठकले फेवातालको सिमांकनका लागि समिति गठन गर्ने निर्णय गरेको महानगरका प्रवत्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो । बैठकले पोखरा १७ का अध्यक्ष तिर्थराज अधिकारीको सयोजक छ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा पोखरा ६ का अध्यक्ष जगत बहादुर पहारी, पोखरा २४ का अध्यक्ष ओमप्रसाद सुवेदी, पोखरा २२ का अध्यक्ष मित्रलाल बराल र वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापा सदस्य ः श्री रण बहादुर थापा, वडा अध्यक्ष वडा नं. १८, कार्यपालिका सदस्य वुधराज भुजेल रहनुभएको छ । समितिले फेवाताल मापदण्डको विषयमा सर्वोच्च अदालतको आदेश,हाल सम्म गठन भएका मापदण्ड निर्धारण समितिहरुको प्रतिवेदन,स्थानीय वासिहरुको गुनासो, स्थलगत बस्तुगत अवस्था लगायत अध्ययन गरी सिमांकनका लागि सिफारीस गर्ने अधिकार समितिलाई दिइएको छ ।

 

पोखरा महानगरपालिकाको गत सम्पन्न नबौ नगरसभाले कार्यपालिका वैठकलाई दिएको अधिकार प्रयोग समिति गठन गरिएको प्रवत्ता नेपालीले बताउनुभयो । समितिले अव बस्ने कार्यपालिका बैठकमा आफनो प्रतिवेदन बुझाउने छ । समितिले बुझाएको प्रतिवेदनका आधारमा महानगरले फेवातालको सिमांकनको निर्णय गर्ने छ । फेवातालको सिमांन तोक्ने अधिकार महानगर कार्यपालिकालाई रहेको छ । ६५ मिटर कायम गर्ने वा त्यसलाई केही घटाउने अधिकार कार्यपालिकालाई रहेको छ। माघ १० र ११ गते र्दुई दिन कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले १० औं नगर सभा यही माघ २८ र २९ गते पोखरा सभागृहमा आयोजना गर्ने निर्णय समेत गरेको छ । यो नगरसभा विधायन सभा हुने भएकाले कानून पास र संसोधन हुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...