गण्डकीमा थपिए ७१७ नयाँ संक्रमित, कोरोनाबाट पोखराका दुई जनाको मृत्यु

पोखरा, माघ १३ गते ।पछिल्लो घण्टामा गरिएको पिसिआर र एण्टिजेन्ट परीक्षणबाट गण्डकी प्रदेशमा ७१७ जना नयाँ संक्रमित थपिएका छन । २४ घण्टामा गण्डकीमा कोरोना संक्रमणकै कारण दुईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नंं.३३ की ५९ वषीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज विहान निधन भएको हो ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं. ९ का ६४ वषीय पुरक्षको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचारकै क्रममा आजै निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश स्वास्थ्य आपलकालिन कार्यालय गण्डकीले जनाएकोछ । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म १४३५ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको पछिल्लो विवरण अनुसार ३६४ जना महिला र ३५३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

गण्डकीका ११ जिल्ला मध्य बिहिबार कास्कीमा २८९ जना संक्रमित थपिएका छन् । थपिएका मध्य १५८ महिला र १३१ पुरुष रहेका छन्। त्यस्तै बागलुंगमा ११७, स्यांगजा ९९, लम्जुग ५६, पर्वत ४५, तनहुँ ३९, म्याग्दी ३२, नवलपरासी पूर्व ३०, गोरखा ९ र मुस्तांगका १ जनामा संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेशमा बिहिबार३७८ जना कोरोना संक्रणमुक्त भएका छन् । गण्डकीमा ७२८३ जना होम आइसोलेसनमा रहेको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...