देशभर १५ जनाको मृत्यु, ८०१७ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ८०१७ जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ८०८ नमुना (१५ हजार ७३६ पीसीआर र ६०७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

निको हुनेको संख्या ५२९२ छ भने १५ जनाको मृत्यु भएको छ ।सक्रिय संक्रमित संख्या ९० हजार ५७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ५४ हजार जनाले खोप लगाएका छन् ।

 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१४३ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा २४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जना संक्रमित थपिएका छन् ।

 

१८ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ भने १७ जिल्लामा सक्रिय संक्रमण २०० भन्दा माथि छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...