पोखरा, माघ १३ गते । सञ्चालनमा नआउदै भाँच्चिएको पुल बारे अध्ययन गर्न प्राविधि टोली पोखरा आएको छ ।स्थानिय पूर्वाधार महाशाखा अन्र्तगतको पुल शाखाका प्रमुख कृष्णबहादुर कटुवालको नेतृत्वमा पुलका डिजाइनर सकिल मानन्धर सहितको प्राविधिक टोली अध्ययनका लागि पोखरा आएको हो । टोलीले तीन दिन पोखरामै रहेर अध्ययन गर्ने र त्यसको प्रतिवेशन एकसाताभित्र पेश गर्ने कटुवालले बताए । ६ करोड रुपैयाँमा बनेको पोखरा महानगर ३२ र ३३ वडा जोड्ने ‘लामगाडी’ पुल सञ्चालनमा नआउँदै भाँच्चिएको हो । माघ १० गते साँझ निर्माण कार्य सकिएर परीक्षणका लागि पुलको ‘टेको’ निकालेको केही समयमै पुल चर्किन शुरु गरेको थियो ।
पोखरा महानगरपालिका ३२ गगनगौंडा र वडा नम्बर ३३ लामगाँदे जोड्नेगरी सेती नदीमाथि बनिरहेको उक्त पुल परीक्षण नहुँदै भाँच्चिएको हो । कटुवालले यो पुल नेपालमा पहिलो परिक्षण भएको बताउदै भन्नुभयो,‘यो डिजान नेपालमा पहिलो योजना हो । डिजाइन सस्तो, लगानी कम, छिटो र खोचमा काम गर्न सहज हुने भएकाले यसलाई पाइलट प्रोजेक्टका रुपमा निर्माण गरिएको हो ।’ यो गत वर्ष चैतमै सम्पन्न हुनुपर्ने आयोजना भएपनि कोरोना भाइरस संक्रमण र लकडाउनका कारण सयममै सम्पन्न हुन नसक्दा आउदो चैत सम्म म्याद थप गरिएको उनले बताए । उनका अनुसार स्टील र फलाममाथि ढलान गरेर निर्माण गरिएको हो उनले भने, ‘सचेत भएर काम गर्दागदै पुल भाँच्चियो । यो दुःख हो । लागत कम र छिटो गर्न बनाउन गरिएको हो ।अव यस बारेमा एक्कैछिन हेरेर भन्न सकिन्न । हामी एक दुई दिन यही बसेर हेछौ । त्यसपछि प्रतिवेदन तयार गरेर जानकारी गराँउछौ ।’ उनले पुल किन भाँच्चियो भन्ने बारेमा पत्ता लगाउने बताउदै यो डिजाइन फेलियर हुन्छ भन्ने नसोचेको बताए ।
‘यो फेलियर हुन्छ भन्ने सोचेका थिएनौ । यसप्रति चिन्तित छौ ।’ उनले छिटो गल्तीलाई सुधार गरेर गाडी गुडाउने पहल गर्छौ भने ।पुलका डिजाइनकर्ता सकिल मानन्धरले पुल डिजाइन कर्मल नभएको बताउदै यो नमुना पुल भएको बताए । फलामको पुुल निर्माण छिटो हुने र सिमेन्टको समय लाग्ने भएकाले डिजाइनको प्रयोग गरिएको बताउ । उनले सात सेन्टीमिटर लचक हुने अनुमान गरेपनि त्यो भन्दा पाँच गुणा बढि लचकिएको बताए । ‘हामीले सात सेन्टिमिटर लचक हुन्छ भन्ने अनुमान थियो तर पाँँच गुणा ३५ सेन्टिमिटर लचक्केको छ ।’ यसैवीच भाँच्चिएको पुलको प्रतिनिधि सभा सदस्य विद्या भटाई, पोखरा महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ, एमाले केन्द्रीय सदस्य भिमकार्की, एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले स्थलगत निरिक्षण गरे । पुलको निरिक्षणपछि पोखरा महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले पुल भाँच्चिएपछि धेरै प्रश्न उठेको बताउदै ती प्रश्नहरुको निराकरण हुने गरी पुल छिटो सञ्चालनमा ल्याउन प्राविधिक टोलीलाई निर्देशन दिनुभयो ।उक्त पुल संघीय सरकारले स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण गरेको हो ।
पोखरा ३३ का अध्यक्ष शिबप्रसाद आचार्यले २०० टन भार क्षमताको उक्त पुलले आफ्नै भार धान्न नसक्दा भाँच्चिएको बताए । उनले प्राविधिक कमजोरीका कारण पुल प्रयोगमा नआउदै भाच्चिएको बताउदै सहज रुपमा सञ्चालनमा ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए । स्वीस सरकार विकास सहयोग (एसडिसी)को आर्थिक सहयोगमा उक्त पुल स्थानीय विकास पूर्वाधार (डोली)ले बनाएको हो ।
डोलीले ०७५र७६ सालमा सेती नदीमाथि ५० मिटर लम्बाइ पुल बनाउन एमएस इलाइट कन्स्ट्रक्सन कम्पनीसँग ६ करोड ११ लाख रुपैयाँमा १८ महिनाभित्र सक्न सम्झौता गरेको थियो । शुरुमा ५० मिटरको पुल बनाउने सम्झौता भएको थियो । वातावरणीय प्रभाव मूल्यांकन गर्दा जमिनमा केही खराबी आएपछि ६० मिटर बनाउने सम्झौता भएको थियो । उक्त रिपोर्ट बमोजिम पुलको डिजाइन संशोधन गर्नुपरेकाले निर्माण कम्पनीले गत साउनदेखि काम शुरु गरेको थियो ।