स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न अनेरास्ववियु कास्कीको माग

पोखरा, माघ १६ गते ।एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले स्थानिय तहहरुलाई जनप्रतिनिधि विहिन बनाउदै देशलाई थप अस्थिरता तर्फ धकेल्न खोजेको आरोप लगाएको छ ।

अनेरास्ववियुले जिल्ला कमिटि कास्कीले आइतबार साँझ विज्ञप्ति जारी गदै वर्तमान शेरबहादुर देउवा नेतृत्वको परमादेशी सरकारले संवैधानिक व्यवस्थाको बर्खिलाप हने गरी स्थानिय तहरुलाई जनप्रतिनिधि विहिन बताउदै अस्थिरता तर्फ धकेल्ने प्रपञ्च गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । लोकतन्त्रको मुल मर्म संवैधानिक सर्वोच्चता, कानूनी शासन र आवधिक निवाृचन हो अनेरास्ववियु कास्कीका अध्यक्ष विजय पौडेलले जारी गरेको विज्ञप्तिमा  भनिएको छ ।

 

लोकतान्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्नका लागि अनेरास्ववियु तत्काल निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गर्न जोडदार माग गर्दछौ विज्ञप्तिमा उल्लेख गरिएको छ । अनेरास्ववियुले विधिको शासन, कानुनी सर्वोच्चता र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि आन्दोनलमा उत्रन बाध्य हुने चेतावनी दिदै भनेको छ,‘त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी वर्तमान परमादेशी गठबन्धन सरकार हने छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...