काठमाडौं, माघ १७ गते । कोरोनाको तेस्रो लहर शुरु भएसँगै लाइसेन्स वितरणको काम बन्द छ भने छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार यातायात व्यवस्था विभागले लाइसेन्स कुरेर बसेका लाखौँ सर्वसाधारणले चाँडै कार्ड प्राप्त गर्ने गरी काम हुँदै आएको छ ।
‘त्यसका लागि दैनिक साढे छ हजार तीन सिफ्टमा छपाइको काम हुँदै आएको छ,’ महानिर्देशक घिमिरेले भन्नुभयो,‘अहिले तीन सिफ्टमा काम चलिरहेको छ, बिहान ७ देखि अर्को दिन ७ बजेसम्म काम चल्छ, तर बीचबीचमा खाली हुने हुनाले तीन सिफ्टमा दैनिक साढे छ हजारको हाराहारीमा स्मार्ट कार्ड प्रिन्ट भइरहेको छ ।’