फेवाताल किनारमा अवैध संरचना निर्माण, मन्त्री र उपप्रमुखकै अगाडी जसले लगाएको पर्खाल, उसैले भत्काए

पोखरा, माघ १७ गते ।पोखराको प्रमुख पर्यटकीय गन्तब्य हो फेवाताल । त्यही फेवातालको अतिक्रमण भैरहेको छ । केहीदिन यता फेवाताल किनारमा बनेका भौतिक संरचनाले चर्चा पाइरहका छन् । पोखरा महानगरपालिका वडा नम्वर १८ खपौदीमा ताल किनारको खाली जग्गामा अबैध रुपमा भौतिक संरचना निर्माण भएको छ । त्यहाँका रेष्टुरेष्ट व्यवसायीले पार्किङ स्थल बनाउने भन्दै ताल किनारको जग्गामा वाल लगाएका छन् ।

पोखरा महागनरपालिकाबाट अनुमति नलिइकनै ताल किनारको जग्गामा सरचना निर्माण भएको हो । संरचना निर्माण भएपछि महानगरले पटक पटक रोक्न आग्रह गरेपछि अटेर गदै निर्माण गरिएको हो । सरचना निर्माण गर्ने ब्यक्तिहरुलाई महानगरमा बोलाएर रोक्न आग्रह गरेको थियो । उनीहरुले आफनो नाममा जग्गा रहेको भन्दै संरचना निर्माणलाई निरन्तरता दिए । फेरी महानगरले सोही ठाँउमा नगर प््रहरीलाई डियूटीनै खटाएर निर्माणमा रोक लगायो । अवैध रुपमा निर्माण भएको संरचनाको गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य र पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार स्थलगत निरिक्षण गर्नुभयो ।

निरिक्षण गरेपछि निर्माण गरेका संरचना तत्काल हटाउन आग्रह गर्नुभयो । मन्त्री आचार्यले ताल अक्रिमण गर्न नपाइने बताउदै अनुमति विना बनाइएका संरचना हटाउन आग्रह गर्नुभयो । उहाँले फेवातालका विषयमा योजना बनाएको र अव छिटटै त्यस बारे निर्णय गरिने भन्दै संरचना निर्माृण गर्न नमिल्ने बताउनुभयो । त्यस्तै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरले फेवातालको मादपण्ड तोक्न समिति गठन गरेको बताउदै मापदण्ड टुग्याउने बताउनुभयो । ‘मापदण्ड तोक्ने विषय महानगरको हो । हामीले समिति बनाएका छौ । छिटटै त्यस बारे निर्णय हुन्छ ।’ उहाँले अहिले नयाँ संरचना निर्माण गर्न महागनरले नदिने भएकाले तत्काल सम्वन्धि ब्यत्तिलाई भत्काउन अनुरोध गर्नुभयो ।

 


ताल किनारमा पर्खाल लगाउनु भएका शिवकुमार बास्तोलाले प्रदेश सरकार र महानगरका उपप्रमुखको आग्रहलाई स्वीकार गदै आफुले लगाएको पर्खाल भत्काउनुभयो । उहाँले फेवातालको संरक्षणका विषयमा आफु बाधक नभएको बताउदै अरुको पनि भत्काउन आग्रह गदै आफुले निर्माण गरेको पर्खाल भत्काएको बताउनुभयो । ‘यो मैले अस्थायी संरचना निर्माण गरेको हो । म भत्काउन तयार छु । तर सबैको भत्काएर फेवाताल संरक्षण हुनुपर्छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...