पोखरा, माघ १९ गते ।घरपरिवारका इच्छा र चाहना पुरा गर्न विदेश जानेहरुको संख्या बढदो छ ।पैशा कमाएर घर परिवारलाई सुख, सयलमा राख्ने सपना बोकेर विदेशीएकाहरु आफै काठको बाकसमा फर्कन बाध्य भएका छन् । धन कमउन विदेशीएका कास्कीका १६ जनाले विदेशमै ज्यान गुमाएको बैदेशिक रोजगार अन्र्तगतको सामि परियोजनाका गण्डकी प्रदेश प्रतिनिधि शिव रेग्मीले बताउनुभयो ।चालु आर्थिक वर्षको पुस मसान्त सम्म कास्कीका १६ जनाको मृत्यु भएको बैदेशिक रोजगारीको क्षेत्रमा काम गदै आएको सुरक्षित आप्रवासन ९सामी० परियोजनाले जानकारी दिएको हो । यो परियोजना कास्की जिल्लामा सञ्चालनमा रहेको छ ।
परियोजनाका अनुसार कास्की जिल्ला बाहिरका ४ जना गरी चालु आबमा २० जनाले विदेशमा ज्यान गुमाएका छन् । २० जना मध्य ७ जनाको शव सम्वन्धि सबै समस्या समाधानभएको र १३ वटा पक्रियामा रहेको बताएको छ । मृत्यु भएकाका परिवारलार्ई १ करोड ४७ लाख रुपैयाँ सहायता रकम प्रदान गरिएको छ । त्यस्तेै विदेश गएर कास्कीका ६ जना घाइते तथा विरामी भएका र उनीहरुको समस्या समाधान भएको छ । उनीहरलाई क्षतिपूर्ति बापत ७६ लाख रुपैयाँ उपलब्ध गराइएको सामि परियोजनाले जनाएको छ । त्यस्तै विदेशमा गएर दुई जना सम्पर्क विहिन भएको भन्दै उजुरी परेको र एक जनाको समाधान भएको जनाएको छ ।
कास्कीको रुपा गाँउपालिका एक जना ब्यक्ति सात वर्षदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए । उनको बारेमा बैदेशीक रोजगार विभागको सहयोगमा खोजी गरेर परिवारको सम्पर्कमा आएको परियोजनाले जनाएको छ । सम्पर्क विहिन रहेका एक जनाको प्रक्रियामा रहेको बताइएको छ । काम र तलब फरक परेको उजुरीमा कास्कीकै एक जनालाई ८० हजार क्षतिपूर्ति उपलब्ध गराइएको सामीले जनाएको छ । यो परियोजनाले युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानुनी सेवा र फर्केका युवाका लागि सामाजिक पुनस्थपना कार्यक्रम गर्दै आएको छ ।
परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा संलग्न आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको सामाजिक, आर्थिक लाभ र आम्दानी वृद्धि भएको सरकारी भनाइ छ । वैदेशिक रोजगारीबाट पीडित र बिरामी भइ फर्केका कामदारको न्यायको पहुँच बढाउन सहजीकरण गर्दै न्यायिक सहयोग पनि काम गदै आइरहेको मन्त्रालयले जनाएको छ । यसरी नै वैदेशिक रोजगारीबाट पीडित भइ फर्केकाको लागि आश्रयको व्यवस्था गर्दै आएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा काम गदै आएका सरकारी निकायको कार्यक्षमता र क्रियाशिलता अभिवृद्धिमा पनि परियोजनाले सहकार्य गदै आएको छ ।
वैदेशिक रोजगारबाट पीडित व्यक्तिहरूका लागि पुनःस्थापना गृहको सञ्चालन र अनुगमनका लागि आवश्यक व्यवस्था मिलाउन विभिन्न जिल्लामा पुनस्र्थापना केन्द्र सञ्चालनमा छन । वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई व्यवसायिक सीप र तालिम दिलाउने साथै घरेलु महिला कामदारका लागि निर्धारित तालिम र अन्यको लागि पुर्वप्रस्थान र अभिमुखीकरण तालिम दिने दिलाउने कार्यमा सहयोग गर्दै आएको छ ।