अनेरास्ववियुद्धारा पोखरामा सडक बहस, स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग

पोखरा, माघ १९ गते ।नेकपा (एमाले) निकट अनेरास्ववियुले स्थानीय तहको निर्वाचन छिटो गर्न दबाब सिर्जना गर्न सडक बहस गरेको छ । अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले पोखराको सृजनाचोकमा सडक बहस कार्यक्रम सम्पन्न गरेको छ ।‘स्थानीय तहको निर्वाचन तुरुन्त गर । संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने मुल नाराको साथमा बहस गरिएको छ ।कार्यक्रममा बोल्ने वक्ताहरूले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर समयमा चुनाव गराउन सरकारमाथि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य एवं एमाले जिल्ला कमिटि सदस्य आर्शिबाद सुवेदीले जनताको अधिकारमाथि परमादेशी सरकारले आखा लगाए राजा ज्ञानेन्द्रको हालत हुने चेतावनी दिए । स्थानीय तहको निर्वाचन नगरेर आफैले बनाएको कानुनको उल्लघन गरेको बताउदै तत्काल स्थानिय तहको निर्वाचन घोषणा गर्न माग गरे । स्थानीय तहलाई जनप्रतिनिधि विहिन बनाउने खेलमा वर्तमान परमादेशी सरकार लागेको भन्दै उनले जनताको अधिकार कुण्ठित गर्ने काममा नलाग्न चेतावनी दिए ।

पोखरा २४ का निर्वाचित अध्यक्ष एंव एमाले जिल्ला कमिटि अध्यक्ष ओम सुवेदीले जनताको बलमा आन्दोलनमा परिर्वतन गरेको बताउदै अहिले तीनै आन्दोलनका बलमा तीन तहका सरकार स्थापना भएको बताए । उनले स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गरे । जेठ ५ पछि जनप्रतिनिधिको कार्यकाल पुरा हुने भएकाले संवैधानिक व्यवस्था अनुसार निर्वाचनको मिति घोषणा गर्न माग गरे । पोखरा ८ का वडा अध्यक्ष एवं एमाले महानगर कमिटि सदस्य रुद्रनाथ बरालले पाँच वर्ष अघि निर्वाचित जनप्रतिनिधिले विकास निर्माण र समस्या समाधानमा लागेको बताए । उनले स्थानिय तहको निर्वाचनलाई आलटाल गर्ने काम गरिरहेको बताउदै समयमै निर्वाचन गर्न माग गरे । समयमै निर्वाचन हुनुपर्छ उनले भने, समयमै हस्तान्तरण गर्ने अवस्था सृजना गर्नुपर्छ भने ।

नतलाई अधिकार अधिकार ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर । संविधान र लोकतन्त्र बहसमा एमाले निर्वाचन आयोग सदस्यसमेत रहेका अधिवक्ता बाबुराम दाहाल, नेपाल बारका पूर्वमहासचिव सुनिलकुमार पोखरेल, बारका कोषाध्यक्ष रुद्र पोखरेल, नेपाल नगरपालिका संघ अध्यक्ष अशोक व्यञ्जुलगायत सहभागी थिए । वक्ताहरूले तत्काल मिति घोषणा गरेर समयमा चुनाव गराउन सरकारमाथि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए ।को रक्षा गर’ भन्ने मुल नाराको साथमा बहस गरिएको छ । हरेका आन्दोलनमा अनेरास्ववियुले खेलेको भुमिका महत्वपूर्ण रहेको अध्यष बरालले बताए । अधिवत्ता शंकर सैजुले स्थानीय तह निर्वाचन बारे कानुनी व्यवस्था बारे स्पष्ट पादै कानुनी व्यवस्था अनुसार निर्वाचन घोषणा गर्नुपर्नेमा जोड दिए । अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रकाश पौडेलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आरके पौडेलले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...