मुल्यबृद्धिको विरोध र स्थानिय तह निर्वाचनको माग गदै पोखरामा युवा संघको प्रर्दशन

पोखरा, माघ २० गते । पेट्रोलिय पदार्थमा भएको मुल्यबृद्धि बिरुद्ध राष्ट्रिय युवा संघ नेपाल कास्कीले पोखरामा विरोध प्रर्दशन गरेको छ । संघले पोखराका चिप्लेढुंगा स्थित मानव अधिकारचोबाट महेन्द्रपुलसम्म सांकेतिक युवा दबाब कार्यक्रम गरेको हो ।

“जनविरोधि जनघाती पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध तथा विधिको शासन र संविधानको रक्षाका लागि तत्काल स्थानिय निर्वाचन घोषणा गर” लेखिएको ब्यानर सहित युवा संघका नेता कार्यकता प्रर्दशनमा उत्रेका थिए ।

महेन्द्रपुलमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य एवं युवा नेता राजिव पहारीले परमादेशबाट बनेको शेरबहादुरले देउवाको सरकारले गरेको मुल्यबृद्धि, भष्टाचार र कुशासन विरुद्ध युवा संघ आन्दोलनमा उत्रेको बताउदै यो आन्दोलनमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

सरकार गठनको आठ महिनामा देउवा सरकारले नेपाली जनताको पक्षमा राम्रो काम गर्न नसकेको आरोप लगाउदै मुल्यबृद्धि, भष्टाचार र कुशासन निम्त्याएको छ उहाँले भन्नुभयो, ‘आठ महिनामा इतिहासमै सबैभन्दा बढि मुल्यबृद्धि गरेर डेकड कायम गरेको छ ।’ उहाँले मन्त्रीहरु थप्दै सुविधा बढाउन मुल्यबृद्धि गरेको तर जनताको हितमा भन्दा आफनो स्वार्थमा लागेको छ उहाँले भन्नुभयो,‘स्थानिय तह निर्वाचन हुन नदिन खेलोमेलो गरेको आरोप लगाउदै निर्वाचन दबाब सृजना गर्नुपर्छ ।’

युवा संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरुङले वर्तमान परमादेशी सरकारले मुल्यबृद्धि गरेर नेपाली जनताको ढाड सेक्ने काम गरेको बताउदै मुल्यबृद्धि विरुद्धको आन्दोलनमा सबैले साथ दिन आग्रह गर्नुभयो । ‘हाम्रो आन्दोलनले नागरिकलाई केही असहज होला तर त्यो जनताको पक्षमा हो । त्यसैले सबैले साथ दिनुहोला ।’ युवा संघ कास्कीका इन्चार्ज एवं एमाले कास्कीका सदस्य हरि लम्सालले मृल्यबृद्धि गरेर जनतालाई ढाड सेक्ने काम गरेको बताउनुभयो ।

अदातलको आदेशबाट बनेको सरकारले जनताको पक्षमा राम्रो काम गर्ने भन्दा सरकार टिकाउने पक्षमा उद्धत रहेको आरोप लगाउनुभयो । युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीले युवा संघ सधै जनताको उभिने बताउदै मुल्यबृद्धि फिर्ता नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...