पोखरा, माघ २१ गते । गल्कोट नगरपालिका ११ रिघाका बाबुराम नेपाली शुक्रबार नेकपा एमाले प्रवेश गर्नु भएको छ । लामो समय राष्ट्यि जनमोर्चामा रहेर राजनिति गर्नु भएका नेपालीसंग गाविस अध्यक्ष भएर काम गरेको अनुभव छ । राजमो पछि नेकपा माओवादी हुदै नेकपामा आबद्ध नेपाली औपचारिक रुपमा एमाले प्रवेश गर्नु भएको हो ।
नेकपा एमाले, बागलुङको बुर्तिबाङमा एमालेका उपहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले पार्टी प्रवेश गराउनु भएको छ । सो अवसरमा एमाले प्रवेश गर्दै नेपालीले कम्युनिष्टका नाममा साना साना झुपडीको आवश्यकता नरहेको बताउदै अव एउटै कम्युनिष्ट पार्टिले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो