२००९ सालमा स्थापना भएको अरण्यज्योति पुस्तकालयको उद्घाटन

पोखरा, माघ २२ गते । अरण्यज्योली पुस्तकालयको नयाँ भवनका उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको पुस्तकालयको शनिबार पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुभयो । पोखरा महानगरको ४१ लाखको लागतमा नयाँ भवन निर्माण भएको हो । पोखरा महानगरपालिका वडा न. १३ को वडा कार्यलय भवन परिसरमा रहेको पुस्ताकालय २००९ सालमा स्थापना भएको हो ।

यो पुस्तकालय गण्डकी प्रदेशकै पुरानो हो । पुस्तकालय उद्घाटनपछि बोल्दै उपप्रमख गुरुङले ऐतिहासीक रहेको पुस्तकालयलाई प्रविधियुक्त बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । नयाँ भवन निर्माण गरेर पुस्तकालयलाई व्यवस्थित गरिएको बताउदै अव यसलाई प्रविधिसग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो ।उहाँले महानगरले सकड पूर्वाधार, शिक्षा, स्वास्थ्यसंगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेर अगाडी बढेको बताउदै पोखराको गहनाका रुपमा रहेको पुस्ताकायलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले बजेट व्यवस्थापन गरेको बताउनुभयो ।

पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले लामो इतिहास बोकेको पुस्तकालयले जती विकास गर्नुपर्ने गर्न नसकेको बताउदै उहाँले ढिलै भएपनि व्यवस्थित पूर्वाधार निर्माण भएको बताउनुभयो । उहाँले पुस्तकालयलाई वडाले सधै सहयोग गर्ने बताउनुभयो । सामाजिक ब्यत्तित्व तारा बरालले पुस्तकालयको ऐतिहासिक अवस्था बारे चर्चा गदै गौरवमय इतिहास बोकेको पुस्तकालयका रुपमा रहेको बताउनुभयो । उहाँले पुस्तकालयलाई आधुनिकिरण गरेर लैजानुपर्नेमा जोड दिनुभयो । पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र भण्डारीले पुस्तकालयमा १० हजार पुस्तक राख्ने योजना रहेको बताउदै त्यसलाई इलाइब्रेरीका रुपमा विकास गर्ने योजना अनुसार अगाडी बढेको बताउनुभयो । घरमै बसेर यहाँ रहेको पुस्तकहरु पढन पाउने व्यवस्था एक साताभित्र गरिने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...