पोखरा, माघ २३ गते ।एमाले नेतृ बिन्दा पाण्डेद्धारा लिखित पुस्तक धर्तीमाथिको दावी मािथ पोखरा बहस गरिएको छ । मदन भण्डारी फाउण्डेसन कास्कीको आयोजनामा पोखरामा आज पुस्तकमाथि बहस सम्पन्न भएको हो ।
नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य किरण गुरुङ, लेखक तथा नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे, केन्द्रीय सदस्य नेकपा एमाले भिम कार्की, अनुशासन आयोग सचिब भरत पहारी लगाएतले पुस्तकमाथि भनाई राख्नुभएको थियो ।
मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष माधब बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य हिरा गिरीले गर्नुभएको थियो ।