मयूर बहुउद्देश्यीय सहकारीको शुभारम्भ, ४० युनिट रगत संकलन

पोखरा, २३ माघ । पोखराको जिरो किमीमा मयूर बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय शुभारम्भ भएको छ । श्रीपञ्चमीका दिन सहकारीको शुभारम्भका अवसरमा संस्था र अभियान युवा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न समेत गरिएको छ ।

सहकारीको शुभारम्भ तथा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले सहकारीले शुभारम्भ रक्तदानमार्फत गरेकोमा प्रशंसा व्यक्त गरेका थिए । सहकारीले साना व्यवसायीलाई पनि समेट्दै उद्योगीलाई माथी उकास्न मद्दत गर्नुपर्ने बताए । साथै रक्तदान जस्तो पुण्य कार्य गरेकोमा रक्तदातालाई धन्यवाद व्यक्त गर्दै सामाजिक कार्यलाई निरन्तरता दिन आयोजक दुवै संस्थालाई आग्रह गरेका थिए ।

त्यसैगरि कार्यक्रममा वडा ८ का वडाध्यक्ष रुद्रथान बरालले व्यवसायीक क्षेत्र धेरै भएको वडा ८ लाई पनि सहकारीले आफ्नो कार्यक्षेत्र बनाएकोमा शुभकामना व्यक्त गरे । फेवा सहकारीका जगन तिमिल्सिनाले सामाजिक गतिविधिमा सहकारीले सहकार्य गर्ने काममा अग्रपंक्तिमा रहेको बताए । साथै सहकारीले व्यवसायलाई अझ विस्तार गर्नमा ठुलो भुमिका खेलेको उनले बताए । त्यस्तै अभियान युवा क्लबका अध्यक्ष राजु गिरीले अरुको जीवन बचाउँन रगतको दान गर्नु भनेको निकै नै प्रशंसनिय कार्य भएको बताउँदै रक्तदातालाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष मयूर बहुउद्देश्यीय सहकारीका अध्यक्ष मिनराज खड्काले सहकारीले कृषी, व्यवसाय र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । शुरुवाती अवस्थामा पोखराको वडा नं। ५, ६ र ८ लाई आफ्नो कार्यक्षेत्र बनाई शुभारम्भ भएको जानकारी दिए । व्यवसायलाई माथी उकास्न मयूर सहकारीले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई थियो ।

त्यस्तै रक्तदान किन गर्ने, कस्तो व्यक्तिले गर्ने लगाएत रक्तदानका विषयमा समाज भित्र भएका भ्रमका बारेमा स्टाफ नर्स समिक्षा अधिकारीले जानकारी दिएकी थिइन् ।कार्यक्रममा स्वागत मन्तव्य मयूर सहकारीका हरि अधिकारीले राखेका थिएभने कार्यक्रमको सञ्चालन सुशिल नेपालीले गरेका थिए ।सहकारी शुभारम्भका अवसरमा भएको संयुक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...