पोखरा, माघ २५ गते ।आशका र अन्यौलतको वीचमा स्थानीय तह निर्वाचनको मििित घोषणा भएको छ । सरकारले सोमबार स्थानीय तह निर्वाचन बैशाख ३० गतेका लागि मिति घोषणा गरेको छ । मिति घोषणासंगै राजनीतिक दल र तीनका भातृ संगठनहरुले स्वागत गरेका छन् । निर्वाचनबाट सरकार भाग्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले निकट संगठनहरुले मिति घोषणा गर्न दबाब दिदै आन्दोलननै गरेका थिए । सरकारले मिति घोषणा गरेसंगै राजनीतिक दलहरुले स्वागत गरेका छन् ।
एमाले, राप्रपा लगायत दलहरुले सरकारको निर्णयको स्वागत गरेका छन् । सरकारले आगामी आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैपटक गर्ने निर्णय गरेसँग दलहरूले यसको स्वागत गरेका हुन् ।पाँच दलको गठबन्धनको सरकारको यस निर्णय सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले पनि स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन । ‘मिति घोषणा गर्नुपर्छ भनेर हाम्रो पार्टीले अनुमति दिएकै हो । त्यही घोषणा भएको मितिमा प्रतिस्पर्धामा अघि बढ्नुपर्छ ।’, एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अनुपस्थिति रहेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप) का नेता भुवन पाठक पनि स्थानीय तहको निर्वाच्न वैशाख ३० मा घोषणा हुनु सकारात्मक र स्वागतयोग्य भएको बताउनुहुन्छ । ‘यो एकदमै राम्रो कुरा हो । बीचमा निर्वाचन नहोला र मिति सर्ने भन्ने लगायत संवैधानिक कुराहरुको अन्यौलता थियो । मिति घोषणासँगै यो अन्यौलता टरेको छ ।’, पाठकले बताउनुभयो । त्यस्तै एमाले निकटका युवा संघ, अनेमसघ, अनेरास्ववियु लगायतले निर्णयको स्वागत गरेका छन् ।