पोखरा, माघ २६ गते ।पोखरा महागनरपालिका वडा नम्वर २४ मा वडा युवा परिषद गठन भएको छ । बुधबार भएको युवाहरुको भेलाले नविन त्रिपाठीको अध्यक्षतामा वडा युवा परिषद् गठन गरेको हो । परिषद्को उपाध्यक्षमा जिनिता गिरी, सचिवमा कृर्तन सुवेदी, सहसचिवमा कृष्ण भुजेल र कोषाध्यक्षमा अमृता सुवेदीलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा नारन सुवेदी, प्रकाश गिरी, गणेश सुवेदी, रमेश अधिकारी, रामकृष्ण दवाडी, खगराज खड्का, बसन्त नेपाली, विशाल भटराई, तिर्थ सुवेदी र दिपेन्द्र रहेका छन् ।
ववडा नम्वर २४ का वडा अध्यक्ष ओम सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष हरिबोल गौतम, युवा नेता विबेक त्रिपाठी, पत्रकार एकराज गिरी लगायतले वडा तहमा गठन भएको युवा परिषद मार्फत युवाहरुलाई विकास निर्माण, स्वरोजगार बनाउदै नेतृत्व विकासमा भुमिका खेल्ने विश्वास ब्यक्त गरे । कार्यक्रम महानगर युवा परिषद सदस्य प्रकाश गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।