पोखरा, माघ २८ गते । पोखरा महानगरपालिकाको दशौँ नगरसभा आज हुदैँछ । पोखरा सभागृहमा हुने नगरसभाको गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने छन् । नगर सभाले महानगरलाई आवश्यक ऐन, कानून, निर्माण तथा संशोधन लगायतका काम गर्ने छ । सभाले बजेट रकमान्तर तथा कार्यक्रम संसोधन सम्वन्धि प्रस्ताव पेश गर्ने छ ।
त्यस्तै लेखनाथका तालहरुको सीमांकन र मापदण्ड निर्धारण सम्वन्धि प्रस्ताव, महानगर कर्मचारी सेवा ऐन २०७८ सभामा प्रस्तुत गर्ने महानगरका पवत्ता धनबहादुर नेपालीले बताउनुभयो । सभामा बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, २०७५ मा दोश्रो संसोधन विधेयक, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ संसोधन विधेयक, पोखरा महानगर अपांगता सञ्जाल निर्देशिका २०७८, महानगरपालिका खेलकुद सञ्चालन खर्च निर्देशिका २०७८ पेश हुने कार्यतालिका रहेको छ । त्यस्तै पोखरा महानगरपालिकाको जलस्रोत तथा मुहान दर्ता कार्यविधि, न्यूनतम समर्थन मुल्यमा कृषि उपज खरिद तथा व्यवस्थापन गर्ने सम्वन्धि कार्यविधि,२०७८ विधेकहरु सभामा प्रस्तुत हुने भएका छन् ।
सभामा पेश गर्ने प्रस्तावहरु बिहिबार नगर कार्यपालिकाको ५४ औं पूर्ण बैठक पारित गरेको छ । नगर प्रमुख मानबहादुर जि.सीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । महानगरपालिकाको यो नियमित अन्तिम नगरसभा हो । स्थानीय तहमा निर्वाचन भएको जेठ पाँच गते पाँच वर्ष पुरा हुदैछ । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गतेलाई घोषणा गरेकाले यो कार्यकालको अन्तिम नगरसभा हुने छ ।