
उनले अबको पोखरा भनेको कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मुग्लिन र पश्चिममा राम्दीसम्मको भूभागलाई समेट्नेगरी विकास गर्न पोखराले चासो देखाउनुपर्नेमा जोड दिए । प्रदेश सरकारले संघ सरकारको सहयोगमा स्टाटेलाइट सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले भने, ‘सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव छैन । त्यसका लागि लागि वृहत पोखराको परिकल्पना गरिएको हो ।’