पोखरा महानगरपालिकाको दशौँ नगरसभा सम्पन्न 

पोखरा, माघ २८ गते । पोखरा महानगरपालिकाको दशौं नगरसभा शुक्रबार सम्पन्न भएको छ ।  पोखरा सभागृहमा सम्पन्न सभाले ऐन र विधेयक पारित गदै सम्पन्न भएको छ । नगर सभाले विधायन समितिका संयोजक शोभामोहन पौडेलद्वारा सभामा प्रस्तुत गरिएको कर्मचारी सेवा विधेयक २०७८, खेलकुद विकास ऐन, बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, नगर प्रहरी ऐन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७८, ऐनहरुको उपर छलफल  गरी ऐनहरुको पहिलो दोस्रो संशोधन विधेयकलाई सर्वसम्मतबाट पारित गदै सम्पन्न भएको हो  ।

त्यस्तै नगरसभाले आ.वं ०७८÷७९ को चालु वार्षिक विनियोजित वजेटबाट अत्यावश्यक योजनामा वजेट रकमान्तर गर्न उप प्रमुख मञ्जुदेवी गुरुङ्गबाट सभा समक्ष संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्तावलाई समेत सर्वसम्मत पारित गरेको छ ।पोखरा महानगरले हालसम्म ४५ वटा ऐन, निर्देशिका र मापदण्ड २२ वटा, कार्यविधि ३१, नीति ४ गरी १२४ वटा काुनन निर्माण गरेको विधायन समितिका संयोजक शोभामोहन पौडेलले जानकारी दिनुभयो ।

नगर सभाको  गण्डकी प्रदेश सरकारका मुख्यममन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नृभयो । उहाँले स्थानीय सरकार जनताले प्रत्यक्ष लाभ लिने र नागरिक अधिकारको उपयोग गर्ने थलो भएको चर्चा गर्दै गण्डकी प्रदेश सरकार  प्रदेशको राजधानी पोखराको विकासका लागि पोखरा महानगरसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले पोखराको विकासका लागि सहयोग गर्न तयार रहेको बताउदैे कोभिड –१९ को संक्रमण विरुद्ध लड्न र लकडाउनको बेला न्युन आय भएका  गरिब पविारलाई राहतमा पु¥याएकोे योगदानको मुक्त कण्ठले प्रसंशा गर्नुभयो । स्थानीय सरकारले अब कामको समिक्षा गर्दै विकासका लागि पूर्वाधार सुनिश्चितता तर्फ प्रदेश र स्थानीय सरकारसंगै अगाडी बढ्नु पर्ने बिचार समेत राख्नुभयो ।

 

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले लामो समयपछि भएको स्थानिय तहको निर्वाचनसंगै जनताका अपेक्षा असिमित रहेकाले अपेक्षा अनुसार गर्न नसकेको बताउनुभयो । नयाँ व्यवस्था, कर्मचारी व्यवस्थापन र ऐन कानुन निर्माण गरेर काम गनुपर्ने भएकाले सोचेती काम गर्न सकेनौ उहाँले भन्नुभयो, तर जती काम भएको छ । त्यो धेरै भएको बताउनुभयो । उपप्रमुख गुरुङले कामको नतिजा आउने क्रममा कोरोना भाइरस संक्रमणले प्रभावित पारेको बताउनुभयो । उहाँले आफुहरु समुन्त पर्यटकीय पोखरा बनाउने अभियानमा अगाडी बढेको बताउनुभयो ।नगर सभा महानगर प्रमुख मानबहादुर जि.सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...