कास्कीमा स्मार्ट लकडान खुकुलो, फागुन १ देखि विद्यालय खुल्ने

पोखरा,, माघ २८ गते । कास्कीमा स्मार्ट लकडाउन खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार साँझ नयाँ आदेश जारी गदै फागुन १ गतेबाट विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

कास्की जिल्लामा फागुन १ गतेबाट शैक्षिक संस्थाहरु खुल्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीबाट शुक्रबार जारी भएको आदेश अनुसार शैक्षिक संस्थाहरु स्वास्थ्य मापदण्ड पालन गर्दै संचालन गर्ने गराउने उल्लेख गरेको छ ।

 

शैक्षिक संस्थाहरुसँगसँगै सपिङ मल, सुपरमार्केटहरु पनि संचालन गर्न सकिने भएको छ । तर कास्कीमा सिनेमा हल, डान्स बार, दोहोरी, जिमखान, फुटसल ब्युटीपार्लर लगायतका बढी भिडभाड हुने क्षेत्रहरु भने अर्को आदेश नहुन्जेलका लागि तत्काल संचालनमा नआउने जिल्ला प्रशासन कार्यालय जनाएको छ। त्यस्तै कुनै पनि प्रकारका सभा,सम्मेलन, भेला गर्न नपाइने प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...