पोखरा, माघ २८ गते ।नेपाल स्काउट गण्डकी प्रदेशको आयोजना मा एक दिने सुचना प्रविधि तथा इन्टरनेट सुरक्षा सम्बन्धि तालीम सम्पन्न भएको छ। नेपाल स्काउट राष्टिय समिति सदस्य शिब बहादुर भण्डारीले कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटन सत्र मा बोल्दै भण्डारीले सुचना प्रविधिको बिकाससँगै धेरै किसिमका चुनौतीहरु थपिएको र यसको प्रयोग अत्यन्त सावधानि पुर्वक गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश संयोजक आशीर्वाद सुवेदीले सुचना प्रविधि र इन्टरनेटको सही प्रयोगको बारेमा सबै सचेत हुनुपर्ने र यसको सही तथा सुरक्षित तवरले प्रयोग नगर्दा समाजमा बिभिन्न किसिमका अपराधका घटनाहरु घटने गरेको बताउदै यस्ता किसिमका सचेतना कार्यक्रम आगामी दिनमा बिद्यालयस्तर सम्म लैजाने बताउनुभयो। तालीममा बिभिन्न बिद्यालय तथा स्काउट ट्रुपहरुबाट स्काउट मास्टरहरुको सहभागिता रहेको थियो ।