एमालेलाई दोश्रो हुने छुट छैन : शाही

पोखरा, माघ २९ गते । नेकपा एमालेको हालै सम्पन्न दशौँ जिल्ला अधिवेशन र महानगर कमिटिबाट निवार्चित सदस्यहरुलाई सम्मान गरिएको छ । नेकपा एमाले वडा कमिटि पोखरा २४ को पूर्ण बैठकमा आफनो वडाबाट जिल्ला कमिटि र महानगरमा निवार्चित सदस्यहरुलाई सम्मान गरेको हो । जिल्ला कमिटि सदस्यहरु ओम सुवेदी, सन्तु सुवेदी, आर्शिबाद सुवेदी, एकराज गिरी, बिवेक त्रिपाठी, तुलसी सुवेदी, नन्दलाल अधिकारी, संगिता सुवेदी र महानगर कमिटि सदस्यहरु अग्निधर त्रिपाठी, डिल्लीराम सुवेदी, मनहरी त्रिपाठी, लक्ष्मी तिमिल्सिनालाई वडा कमिटिले सम्मान गरेको हो ।

सम्मानित सबैलाई एमाले गण्डकी प्रदेश कमिटि सदस्य दीलिप विक्रम शाही र वडा कमिटि अध्यक्ष शिवप्रसाद सुवेदीले सम्मानपत्र सहित अविर लगाए सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै एमाले प्रदेश कमिटि सदस्य दीलिप विक्रम शाहीले नेकपा एमालेलाई अव हुने स्थानीय निर्वाचनमा पहिलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पाँच वर्ष अगाडी सम्पन्न निर्वाचनमा पहिलो भएको एमालेलाई अव बैशाखमा हुने निर्वाचनमा दोश्रो हुने छुट नभएको बताउदै त्यही अनुसार जनताको घरदैलोमा ुपुग्न आग्रह गर्नुभयो ।‘एमाले अब्बल बन्नैपर्छ । अव दोश्रो हुने छुट छैन ।पार्टी र सुर्यको पक्षमा जनमत ल्याउनुपर्छ ।’ उहाँले निवार्चन केन्द्रीय गतिविधिलाई तिव्रता दिन आग्रह गदै विचारको सामाजिकिरण गर्न सगठने भुमिका खेल्ने बताउनुभयो ।

उहाँले जनताको वीचमा जादा माक्सबादका न्यूनतम सिद्धान्त विपरीत जान नहुने बताउदै भन्नुभयो,‘माक्सबादको सिद्धान्त विपरीत गए प्रचण्ड र माधव जस्तै हुन्छौँ । माक्सबादको नियमलाई अंगिकार गर्नुपर्छ हाम्रो जित निश्चित छ ।’ एमाले पोखरा २४ का अध्यक्ष शिवप्रासद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटि सदस्यद्धय ओम सुवेदी, सन्तु सुवेदी र महानगर सदस्य मनहरी सुवेदीले बोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...