२७ औं जनयुद्ध दिवस,माओवादीहरु एक होऔं:प्रचण्ड

काठमाडौं । आज २७ औं जनयुद्ध दिवस । जनयुद्धको सम्झना सहित सहिदको योगदान र बलिदान बारे चर्चा गरेर मनाइदै छ ।  विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो ।

 

२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।दिसवको अवसमा शुभकामना सन्देश दिँदै माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले छरिएका माओवादीहरु एकै ठाउँमा आएर प्रतिक्रियावादीलाई परास्त गर्नुपर्ने बताएका छन् । अहिले पनि जनयुद्धका उपलब्धी मास्ने प्रयास भइरहेको भन्दै प्रचण्डले त्यसको रक्षार्थ सबै माओवादीबीच एकताको अपिल गरेका हुन् ।

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन्’, शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्, ‘२७ औं जनयुद्ध दिवसको सन्दर्भमा हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक–शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गर्दछु ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...