एमसीसीको विरोधमा भोलि बुधबार नेपाल बन्दको घोषणा

पोखरा फागुन ३ गते ।भोलि नेपाल बन्द आयोजना गरिएको छ । विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा बन्द आह्वान गरिएको ती दलरुले बताएका छन् । पाँच गतेबाट संघर्षका कार्यक्रम गर्ने उनीहरुले बताएका छन्

। यसैवीच गृहमन्त्रालयले कानून विपरितका गतिविधि हुन नदिन सम्पुर्ण सुरक्षा संयन्त्रलाई उच्च सर्तकता र निगरानी बढाउन निर्देशन दिएको छ । जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...