पोखरा, फागुन ६ गते ।पोखरामा सिनेमा घर, हेल्थ क्लब जिम खाना, स्वीमिंग पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्युटीपार्लर लगायतका पेशा र ब्यवसाय सञ्चालनका लागि खुल्ला गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्डहरु पालना गरी व्यवसाय खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबा जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
त्यस्तै डान्सबार,दोहोरी साँझ, नाँच घर, क्लब र रेष्टुरेन्टह लगायत रात्रीकालिन व्यवसयाहरु समेत खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जयनारायण आचार्यले जनाएका छन् । रात्रीकालिन व्यवसाय सुरक्षा मापदण्ड पालना गदै मध्यराती १२ बजेसम्म सञ्चालन गर्न पाउने गरी खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको तेश्रो लहर तिव्र गतिमा फैलिएसंगै धेरै भिडभाड हुने स्थानहरुमा प्रशासनले रोक लगाएको थियो । कोरोना संक्रमण दर विस्तारै घटेसंगै प्रशासनले रोक लगाइएका क्षेत्रहरुलाई खुुल्ला गरेको छ । कास्कीमा माघ पहिलो सातादेखि स्मार्ट लकडाउन गरिएको थियो ।