पोखरा, फागुन ८ गते । जनता महगीको मारमा परेका छन् । जनतालाई राहत दिने दलहरुका नारा भाषणमा मात्रै सिमित भएका छन् । वर्तमान सरकारले पटक पटक पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गरेका छन् । पाँच दलिय गठबन्धनको सरकार रहेपनि जनताको पक्षमा भन्दा आआफनै स्वार्थमा केन्द्रीयत भएका छन ।
अमेरिकी सहायता रकम एमसीसीमा दलहरु केन्द्रीत हुदाँ जनताका समस्या ओझेलमा परेका छन् । फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबारबाट लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रूपैयाँ बढाएको हो ।निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु।५.६२ ले बढेको र हवाई इन्धन रू। ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू. २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।