खेलकुद महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने

पोखरा, फागुन ८ गते ।नेकपा एमाले निकटको नेपाल खेलकुद महासंघ प्रदेश कमिटी गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने भएको छ । यही फागुन १९ र २० गते अधिवेशन गर्ने निर्णय भएको खेलकुद महासंघ गण्डकी प्रदेश संयोजक विष्णु पुनले जानकारी दिनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी,पार्टी प्रदेश कमिटी सचिव धनन्जय दवाडी र खेलकुद महासंघमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको विशेष उपस्थितिमा पोखरामा हालैसम्पन्न बैठकले प्रथम अधिवेशन सम्पन्न गर्न आयोजक कमिटी चयन गरेको छ ।

 

अधिवेशन भब्य रुपले सम्पन्न गर्न ५९ सदस्यीय आयोजक कमिटि गठन गरेको छ । त्यस्तै बैठकले कार्यालय सचिवको जिम्मेवारी दिपेन्द्र पौडेललाई तोकेको छ । लेखनाथस्थित नमस्ते पार्टी प्यालेसमा आयोजना गर्ने तयारी भैरहेको संयोजक पुनले बताउनुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनको तयारी तिव्र रुपमा भैरहेको संयोजक पुनले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...