पोखरा महानगर युवा परिषदले पायो पूर्णता, सदस्यहरुले लिए सपथ

पोखरा, फागुन ११ गते । पोखरा महानगरपालिका नगर युवा परिषदका सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ । कार्यकारी उपाध्यक्ष सहित मनोनित ४३ सदस्यलाई महानगरका प्रमुख एवं परिषदका अध्यक्ष मानबहादुर जिसीले सपथ गराउनु भयो ।कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले समाज रुपान्तरणमा युवाको भुमिका महत्वपूर्ण रहेको बताउदै भविष्यको नेतृत्व स्थापित हुने गरी काम गर्न सुझाव दिनुभयो । उहाँले परिषदमा रहेका युवाहरुले समाजमा नमुनाका रुपमा प्रस्तुत हुदै समाज सेवाको भावले काम गर्नुपर्नेमा जोड दिनुभयो । आपतमा युवाले भुमिका खेल्नुपर्छ उहाँले भन्नुभयो, जहाँ विपत त्यहाँ युवा पुग्नुपर्छ ।

कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले युवाहरुलाई सगठित गदै उनीहरुको क्षमता र नेतृत्व विकासमा भुमिका खेल्नुपर्ने बताउनुभयो । परिषदले युवाहरुलाई स्वरोजगार बनाउदै यही श्रम र परिश्रम गर्ने वातावरण सृजनाका लागि योजना बनाएर अगाडी बनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । युवालाई सगठित गदै विकास निर्माणको साँझेदारका रुपमा अगाडी बढाउन परिषद् गठन भएको समेत बताउनुभयो । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले महानगले युवाहरुलाई साझेदार बनाउने उद्देश्यले परिषद गठन गरेको बताउदै साथ सहयोग रहने बताउनुभयो ।

 

 

कार्यक्रममा परिषद सदस्यहरुलाई नियूक्ति पत्र र प्रमाणपत्र प्रदान गरिएको थियो । चार वर्षे कार्यकालका लागि ३३ वडाबाट एकएक जना र कला, साहित्य, पर्यटन र संघसंस्थाबाट मनोनित गरी ४३ सदस्यीय रहेको छ । परिषदको अध्यक्ष प्रमुख र उपाध्यक्ष कार्यकारी रहने व्यवस्था महानगरले गरेको छ । उपाध्यक्षको नियूक्ती गत बैशाखमै भएपनि यसले पूर्ण पाउन सकेको थिएन । ५२ औ कार्यपालिका बैठबले पूर्ण दिएलत्तै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...