खेलकुद महासंघ प्रदेश संयोजक विष्णु पुनलाई पितृ शोक, फागुन १९ को अधिवेशन स्थगित

पोखरा, फागुन १२ गते ।नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य एवं एमाले जिल्ला कमिटी सदस्य विष्णु पुनलाई पितृ शोक परेको छ । उहाँका पिताको बुधबार साँझ असामयीक निधन भएको हो ।

पुनलाई पितृ शोक परेपछि पूर्वनिर्धारित नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको अधिवेशन स्थागित भएको छ । नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका संयोजक विष्णु पुनलाई पितृ शोक परेपछि फागुन १९ गते पोखरामा तय भएको प्रथम अधिवेशन स्थगित भएको हो । पुन एमाले कास्कीका सदस्य, सुर्य तारा क्लब गण्डकी अध्यक्ष समेत रहेका छन् ।

 

यसैवीच खेलकुद महासंघ गण्डकी प्रदेशले एक विज्ञप्ति प्रकाशित गदै बुबाप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गदै शोकसन्तप्त परिवारमा समवेदना ब्यक्त गरेको छ । महासंघका कार्यालय सचिव दिपेन्द्र पौडेलले विज्ञप्ती जारी गदै प्रदेश अधिवेशन अर्को सुचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...