प्रतिनिधि सभा बैठक दिउसो १ बजे बस्दै

काठमाडौँ, फागुन १३ गते । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठकमा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामाथि छलफलको प्रक्रिया सुरु हुने छ । राजनीतिक सहमतिका लागि हिजो बैठक स्थगन गरिएको थियो । सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन नै विभाजित भएपछि प्रतिपक्षसँग समेत थप छलफल गर्न सरकारको आग्रहमा बैठक स्थगित गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिका लागि बैठक स्थगित गरिदिन आग्रह गर्नुभएको थियो । मन्त्रीद्वयको आग्रहपछि बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

 

राजनीतिक सहमतिको प्रयासका लागि सरकारले छलफलको समय सार्न आग्रह गरेको हो । बैठक स्थगित लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच छलफल भयो । एमालेले हाल एमसीसीमा कुनै स्पष्ट धारणा बनाएको छैन । एमालेले आफना माग सम्वोधन भए संसदको प्रक्रियामा सहभागी हुने जनाएको छ । एमालेले विगत ६ महिनादेखि सभामुखको कार्यशैलीप्रति विरोध जनाउदै ससद अवरोध गदै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...