पोखरा, फागुन १३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोवखरा आउदैछन । एमसिसि पास गर्ने विषयमा छलफलमा ब्यस्त ओली पोखरा आउदै छन् ।
हिजो दिनभरी प्र्धानमन्त्री शेरबहादुर देउवा र माओबादी अध्यक्ष प्रचण्डसग भेटवातामा ब्यस्त ओली आज पनि छलफलमै व्यस्त छन् । त्यही व्यस्तताकावीच पनि ओली पोखरा आउदै छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको एमाले प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिए ।
उक्त कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने भएकाले अध्यक्ष ओलीलाई पोखरा ल्याएको हो । कार्यक्रममा जसपा, माओबादी, काँग्रेस लगायतका पार्टी परित्याग गरी एमाले प्रवेश गर्न लागेको बताइएको छ । स्थानीय तहका प्रभावशालि नेताहरु एमालेमा आउन लागेको स्रोतले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा सम्बन्धमा समेत कार्यक्रममा छलफल हुने भएको छ । कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे कार्यक्रम आयोजना गरिएको छ ।