अधिकार प्रत्यायोजन नहुदाँ जनताका आवश्यकता पूरा गर्न कठिन भयो :मन्त्री बराल

पोखरा, फागुन १८ गते ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवनले संघियताको मर्म अनुसार अधिकार प्रत्यायोजन गर्न नसक्दाजनताकाआवश्यकता पुरा गर्न नसकिएको बताउनु भएको छ । पोखरा ३ र १ को सिमानामा पर्ने तुल्सीघाट सडक तथानालाको एक समारोहकाबिचबुधबार उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।


जनताका धेरै आवश्यकताभएकोले संघिय सरकारले समयमै नियमकानूनतथाअधिकारहरु दिननसक्दाआफुहरुले चाहेर पनि धेरै कामगर्न नसकिएको मन्त्री बरालको भनाई थियो । अझै पनिप्रतिगम बिरुद्ध जनताहरु एक भई संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगर्न सचेत रहनमन्त्री बरालले आग्रहगर्नु भयो ।

न्ोपालउद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षआनन्दराजमुल्मीले हरेक संघ संस्थामापारदर्शी र आर्थिक शुसासनआवश्यकभएको बताउनु भयो । पोखरा महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्षशारदा पराजुली, २ का वडा अध्यक्ष रामेश्वर मल्ल, ३ का वडा अध्यक्ष रविन्सनप्रजु लगायतले वोल्नु भएको थियो । पोखरा १ र ३ को सिमानामा पर्ने तुलसीघाटपूर्वाधार एवं बाटो निर्माण समितिको आयोजनामा अर्थ मन्त्री बरालको प्रदेश सांसद विकास कोषको २५ लाख रुपैया विनियाृजन भई उक्तभौतिक संरचनानिर्माण भएको समितिकाअध्यक्ष सहदेव बानियाले बताउनु भयो ।

साथै मन्त्रीको पहलमागतबर्ष थप १० लाखविनियोजन भएपनिअन्तिम समयमाकामगर्दा २ लाख ५५ हजार मात्रखर्च भएको कोषाध्यक्षशारदा पौडेलले बताइन्। अपुग रकम स्थानियएवं केही व्यवसायीहरुबाट रकमको जोहो गरिएको सदस्य बिष्णु बास्तोलाले बताउनु भयो । मन्त्री बराल सहितको टोलीले बुधबार तुल्सीघाटमा समेत पुगेर बाढीको जोखिममा रहेको घाटको समेत अवलोकनगर्नू भएको शोभा गुरुङले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...