निजामती कर्मचारी संगठन कास्कीको पदस्थापन

पोखरा, फागुन २० गते ।नेपाल निजामती कर्मचारी संगठन कास्कीको पदस्थापन साथै पहिलो बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति कास्कीको १२ औ जिल्ला अधिबेसनबाट सर्वसम्मत चयन भएको कार्य समितिका पदाधिकारी साथै सदस्यहरुलाई निर्वाचन मण्डलले प्रमाण पत्र वितरण गरेको थियो । नेपाल निजामति कर्मचारी संगठन कास्कीका पुर्व अध्यक्ष ऋषि राम लामिछानेको अध्यक्षता पेशागत महासंघ नेपाल रास्ट्रिय समिति उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज राम प्रसाद खनालको प्रमुख आतिथ्यता र नेपाल निजामति कर्मचारी संगठन कास्कीका पुर्व अध्यक्ष निर्मल खत्रीको सञ्चालनमा पदस्थापन कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम पश्चात संगठनका अध्यक्ष बिष्णु देवी पोखरेलको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको छ । उक्त बैठकले १२ औ जिल्ला अधिबेशनमा पाल्नुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरु, निर्वाचन मण्डल, अध्यक्ष मण्डल, निवर्तमान कार्य समिति लगायतलाई धन्यवाद ज्ञापन गर्ने, अधिबेशन बाट चयन भएको नयाँ कार्य समितिबारे सरोकारवाला निकायमा जानकारी गराउने लगायतका निर्णयहरू गरेको अध्यक्ष पोखरेलले बताउनुभयो । पोखरेलले दिएको जानकारी अनुसार राष्ट्रसेवक बचत तथा ऋण सहकारी सँस्था लिमिटेड कास्कीले किनेको जग्गामा मनोज झपेन्द्र स्मृति भवन निर्माण गर्न एउटा कोष खडा गरी रकम सङ्कलन अभियान सञ्चालन गर्ने निर्णय भएको छ । साथै उक्त बैठकमा व्यवस्थित कार्य योजनासहित संगठनका भावी रणनीति तयार पारी संगठन मजबुत र एकताबद्ध बनाउँदै अधिवेशनले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउन सबै संगठक प्रतिबद्ध रहेको जानकारी नवनिर्वाचित सचिव नविनकिरण भुसालले दिनुभयो ।

 

बैठकमा रास्ट्र सेवक बचत तथा ऋण सहकारी सस्था लि। कास्कीका अध्यक्ष राममणि ढुङ्गाना, कर्मचारी संगठन कास्की जिल्ला इन्चार्ज तथा नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत प्रसाद भुसाल, नेपाल निजामती कर्मचारी संगठन कास्कीका निवर्तमान अध्यक्ष अशोक खनाल लगायतले मन्तब्य राख्नुभएको थियो । बैठकमा पेशागत महासंघ नेपाल कास्कीका अध्यक्ष एवं रास्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि। कास्कीका पुर्व अध्यक्ष धुर्ब सिंह खड्का, ११ औ रास्ट्रिय अधिबेसन आयोजक समिति सदस्य राम हरि खड्का, पेशागत महा संघ नेपाल रास्ट्रिय समिति सदस्य एवं रास्ट्र सेवक साकोस कास्कीका निवर्तमान अध्यक्ष बैकुण्ठ नाथ आचार्य, पेशागत महासंघ रास्ट्रिय समिति सदस्य दुर्योधन गिरि, नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय परिषद सदस्य भुवन दाहाल लगायतको उपस्थिती रहेको थियो।पोख्रेलले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै संगठनलाई मजबुत र बलियो बनाउने सङ्कलपका साथ अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समितिमा पोखरेल दोश्रो महिला अध्यक्ष  संगठनको मिति २०७८र११र१४ गते सम्पन्न १२ औ जिल्ला अधिबेशनबाट बिष्णु देबी पोखरेल सर्वसम्मत अध्यक्ष चयन हुनु भएको थियो । उहाँ जिल्ला संगठनको दोश्रो महिला अध्यक्ष बन्नु भएको छ । यस अघि नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति खोटाङको अध्यक्षमा निर्वाचित भएर रेखा राई पहिलो महिला अध्यक्ष बन्नु भएको थियो ।अधिबेसनबाट संगठनको उपाध्यक्षमा कमल बहादुर के सी, महिला उपाध्यक्ष बिष्णु पोख्रेल पौडेल, सचिवमा नविन किरण भुसाल, सह (सचिव सुशीला देबी पोखरेल, कोषाध्यक्षमा मेघ बहादुर बस्नेत र सदस्यहरू सहित २१ सदस्य जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको थियो ।समितीको सदस्यहरुमा भगवती शर्मा पौडेल, नेत्र नारायण सुबेदी, झलक शर्मा पौडेल, बेल कुमारी गुरुङ, शरिता भण्डारी सुबेदी, प्रबिण भण्डारी, कविन्द्र राज पौडेल, सागर अधिकारि, सुर्य बहादुर पाण्डे, सरस्वती सापकोटा, युबराज पौडेल, बिष्णु प्रसाद अधिकारी, युबराज पुन चयन हुनु भएको थियो ।
अधिवेशन ले नौ जना केन्द्रीय प्रतिनिधि चयन गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...