पोखरामा खुल्यो टाइटनिक सेक्युरिटी

पोखरा, फागुन २७ गते । टाइटनिक सेक्युरिटी म्यानेज्मेण्ट कम्पनी प्रालिले पोखरा ९ पृथ्वीचोकबाट औपाचारिक सेवा सुरु गरेको छ । सुरक्षाकालागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित सुरु भएको कार्यालयको गण्डकी ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख गोबिन्द अधिकारीले उद्घाटन गरेका हुन् ।

सात महिनाअघि सफ्ट ओपनिङ गरी सेवा सुरु गरेकोकम्पनीले बिहीबार विधिवत कार्यालय उद्घाटन गरेको कम्पनीका अध्यक्ष शुक्रराज पोखरेलले जानकारी दिए । उक्त अवसरमा कम्पनीले ट्राफिक सचेतना कार्यक्रमपनि गरेको थियो ।सेक्युरिटी तालिम लिइरहेका २५ जना प्रशिक्षार्थीलाई ट्राफिक प्रहरी नायवनिरिक्षक शिवप्रकाश पाठकले ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका थिए । त्यसलगत्तै प्रशिक्षार्थीहरुले पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, चिप्लेढुंगा, महेन्द्रपुल लगायत क्षेत्रमा पुगीसवारी चालकतथा पैदल यात्रीलाई ट्राफिक नियमका बारेमा सचेत गराएकाथिए ।

 

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख अधिकारीले विदेशमा सिकेको सीपलाई नेपालमा नै ब्यवहारमा लागू गरी विभिन्न कम्पनी तथा अफिसहरुको सुरक्षा प्रदानगर्ने उद्देश्य राखेर सेक्युरिटी कम्पनी सञ्चालनमा ल्याइएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा दक्षतालिम प्राप्त सेक्युरेटी गार्डहरु उत्पादन गरी अत्याधुनिकतवरले सुरक्षादिने तर्फ सञ्चालकले ध्यानदिनुपर्नेमा समेत जोड दिए ।कास्की ट्राफिक कार्यालय कास्कीका प्रमुखअ मृतबहादुर बस्नेतले आधुनिक जमानासंगै सेक्युरिटी गार्ड कम्पनीहरुले समेत आधुनिकतवरले सुरक्षादिनुपर्नेमा जोड दिए । कार्यक्रममा सुरक्षा व्यवसायी संघ गण्डकीका अध्यक्ष चन्द्रबहादुर, सचिव विष्णु तिवारी लगायतले युवाहरुलाई स्वरोजगार बनाउँन सेक्युरिटी कम्पनीहरुले ठूलो भुमिका खेलेको बताए ।

 

कम्पनीका अध्यक्ष पोखरेलले सेक्युरिटी गार्डले अफ्ठ्यारो परिस्थितीको सामना गर्नुपर्ने भएकाले यो पेशाअति संवेदनशील भएको वताए । उनले आफ्नै मुलुकमा केहीगर्नुपर्छ भन्ने उद्देश्य राखेर पोखरामा संचालनमा ल्याएको कम्पनीको छिट्टै नै लुम्बिनी र बागमती प्रदेशमा शाखा कार्यालय खोल्ने योजना रहेको सुनाए । कम्पनीले आगामीदिनमा वेटर, हाउसकिपिङ, वारिष्टा र फेसिलीटी म्यानेजमेन्टको निशुल्ककक्षा सञ्चालन गर्ने योजना रहेको पनि उनले जानकारी दिए । विभिन्न संघ संस्थासँगमिलेर सामाजिककार्य, प्राथमिकउपचार सम्बन्धी प्रशिक्षण कार्यक्रमगर्ने योजना रहेको उनको भनाई थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...