कालिका पब्लिकको अध्यक्षमा आचार्य

पोखरा, चैत ६ गते ।पोखराको रामवजारमा अवस्थितकालिका पव्लिक कलेजले आफ्नो पहिलो सिनेट साधारण सभा सम्पन्न गरेको छ । ६४ सालमा स्थापित कलेजको पहिलो सिनेट अध्यक्षको रुपमा गिता आचार्य निर्विरोध चयन हुनुभएको छ । एक सय १ सय ६६जना सिनेट सभासद रहेको कलेजको साधारण सभाले सदस्यहरुमा पुर्णचन्द्र न्यौपाने, सुरेश कुमार ध्वजु, निर्मला कार्की भण्डारी, रामबहादुर थापा र कुमार थिङ निर्विरोध निर्वाचित गरेको छ ।


सभालाई सम्वोधन गदै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले शिक्षा सवैको पहँचमा पु¥याउन पव्लिक कलेजहरुको ठुलो महत्व रहेने धारणा व्यक्तगर्नुभयो । उहाले शिक्षालाई व्यवहारिक र जिवन उपयोगी वनाउन आवस्यक रहेको धारणा पनि राख्नु भयो । कार्यक्रममा संघीय सांसद खगराज अधिकारीले शिक्षा क्षेत्रमा राजनीिितकरण हुन नहुने धारणा राख्नुभयो । उहाँले शिक्षाका विषयमा आममानिसको धारणामा सकारात्मक परिवर्तन आवस्यक रहेको समेत बताउनुभयो ।

 

यस्तै सामाजिक विकास तथा शिक्षामन्त्री मेखलाल श्रेष्ठले शिक्षाकालागि प्रदेश सरकार सँधै सकारात्मक रहेको भन्दै जनअपेक्षा पुरा हुने गरी काम गर्न अनुरोध गर्नुभयो । उहाले शिक्षा समाज परिवर्तनको मुलआधार भएको शैक्षिक क्षेत्रमा हुने राजनीति वन्द गर्नुपर्नेमापनि जोड थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...