पोखरा, चैत ६ गते ।नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त भएका छन् ।पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद–४ धारा १३ (१०) (झ) बमोजिम प्रदेश सभापति शुक्रराज शर्माले उनलाई नियुक्त गरेका हुन् । काँग्रेसको प्रदेश कार्यसमिति सदस्य रहेका पौडेलसँग तीन दशकभन्दा बढी पत्रकारिताको अनुभव छ ।
पर्वत कुशमा नगरपालीका ९ कटुवाचौपारीका पौडेल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं रेडियो वाराहीका कार्यकारी निर्देशक छन् । हाल सरकारी सञ्चारमाध्यम देखि अन्य संघ संस्थामा कार्यरत छन ।उनले कानुनमा स्नातकदेखि पत्रकारिता, राजनीतिक शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
उनी बोर्डकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का पूर्व उपाध्यक्ष रहेका पौडेल अनुसन्धानमूलक लेखारचना समेत प्रकाशत गर्दै आएका छन् । पत्रकारिताको प्रशिक्षण दिनुका साथै विकास र ग्रामीण पत्रकारिता एवं राजनीतिक बिटमा बढी कलम चलाउन रुचाउँछन् ।
नीतिको मूल्य पनि राजनीति भएकोले अबको रोजाइ पार्टी राजनीतितर्फ भएको उनको भनाइ छ । पार्टीले जिम्मेवारी दिएपछि उनले भने —पाटी बिधान अनुरुप सञ्चार बिभागलाई अगाडी बढाउने छु । बिभागीय प्रमुख पौडेलले जनताको पक्षमा कलम चलाउने पत्रकार र मिडिया संचालकलाई एकबद्ध भएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।यसैबीच, नेपाली काँग्रेस गण्डकीले अन्य विभाग पनि छिट्टै गठन गर्न लागेको प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।