पूर्व प्रधानपञ्च कार्कीको निधन,पोखरा महानगरपालिकामा शोक विदा

पोखरा,  चैत । पूर्व प्रधानपञ्च रुद्र बहादुर कार्कीको निधन भएको छ ।पोखरा १२ चापापानी निवासी ९८ वर्षीय कार्कीको सोमबार राति आठ बजे निधन भएको हो ।


कार्की पोखराको लब्धप्रतिष्ठित राजनीतिकर्मी, समाजसेवी र विकास अभियन्ता हुनुहुन्थ्यो ।उहाँले मध्यकालीन ग्रामिण पोखरालाई आधुनिक युगको शहर उन्मुख गराउँन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।उहाँको संकल्प अनुसार नै आधुनिक पोखरा निर्माणको प्रारम्भ भएको मानिन्छ ।स्वर्गीय कार्कीको मङ्गबार बिहान पोखराको रामघाटस्थित सेती नदी किनारमा दाहसंस्कार गरिने छ । करीब १० बजे पोखरा १२ चापापानीस्थित निवासबाट शवयात्रा हुने बताइएको छ ।

उहाँका चार छोरा र आठ छोरी छन् । साहिला छोरा टिका बहादुर कार्कीले पोखराको सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक र खेलकुद क्षेत्रमा योगदान गर्दै आउनु भएको छ ।

 

पूर्व प्रधानपञ्च रुद्र बहादुर कार्कीको निधनमा पोखरा महानगरपालिकाले आज शोक विदा दिएको छ । पोखरा महानगरले शोक विज्ञप्ति जारी गदै महानगर अन्र्तगतका कार्यालयमा आज एक दिन शोक विदा दिएको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...