खेलकुद महासंघले गण्डकीका ११ जिल्लामा बैशाख ५ भित्र अधिवेशन गर्ने

पोखरा, चैत ८ गते ।नेपाल खेलकुद महासंघका कमिटिलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न जिल्ला अधिवेशनहरु आगामी बैशाख ५ गतेभित्र सम्पन्न गरिने भएको छ ।

खेलकुद महासंघको निर्देशन अनुसार गण्डकी प्रदेशका जिल्लाहरुमा बैशाख ५ गतेभित्र गर्ने गरी तयारी गरिएको खेलकुद महासंघ गण्डकी अध्यक्ष विष्णु पुनले जानकारी दिनुभयो । गण्डकी प्रदेशका ११ वटै जिल्लाको अधिवेशनको मिति तोकिएको छ ।

चैत २५ गते गोरखा, चैत २६ गते पर्वत, २७ गते बाग्लुग, २८ गते म्यादी, २९ गते नवलपुर, बैशाख १ गते स्यांजा, बैशाख ३ गते कास्की, ४ गते तनहुँ र बैशाख ५ गते लमजुंगको अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका निर्धारण गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । यता महासंघको पहिलो बैठक र सपथ ग्रहण कार्यक्रममा उपस्थित नभएका एवं दोश्रो बैठकमा सपथ ग्रहणमा छुटेका ब्यक्तिहरुलाई विदाई गरिएको समेत उहाँले बताउनुभयो ।

यहि चैत ५ गते शनिबार बसेको बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न गर्न जिल्लाहरुबाट प्रतिनिधि छनोट गरी सिफारिस गर्न जिम्मेवारी तोकेको छ । कास्कीमा विष्णु पुन, स्यांजामा दिपेन्द्र पौडेल, नवलपुरमा सैतबहादुर पुन, तनहुँमा विरवहादुर लामा, जमजुंगमा सुर्य गुरुंग, गोरखामा दिपक अधिकारी, मनांगमा पलसां गुरुग, मुस्तांगमा सोनाम फुर्या गुरुंग र पर्वतमा बालकुमार क्षेत्रीलाई जिम्मेवारी तोेकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...