भट्टराईद्धारा निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्षमा उम्मदेवारी घोषणा

लेखनाथ÷चैत ९ गते ।लेखनाथका युवा व्यवसायी ध्रुव भट्टराईले निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
संघको चैत्र ११ र १२ गते पोखरामा २८ औं साधारण सभा तथा १५ औं अधिवेशन हुँदैछ । अधिवेशनको निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रबि सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

निर्माण व्यवसायीहरु पनि लोकतान्त्रीक र प्रगतीशिल गरी दुई खेमामा विभाजित छन् । लोकतान्त्रीक खेमाबाट लिलकाजी गुरुङ्ग र प्रगतीशिल समूहबाट रामराज अधिकारीको नेतृत्वमा चुनावी मैदानमा उत्रिन लागेका हुन । यसअघिको निर्वाचनमा कार्यसमितिको सदस्यमा सर्वाधिक मत ल्याएर विजयी भएका भट्टराइले यसपटक सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन । आइडी कन्स्ट्रक्सनका संचालक रहेका भट्टराईले निर्माण व्यवसायीहरुका साझा समस्यालाई चुनावी मुद्दा बनाएका छन् । उनले निर्माण व्यवसायीहरुले सरकारी ठेक्कापट्टाका काम समयमा सम्पन्न गर्दा समेत भुक्तानीमा समस्या भोग्दै आईरहेको बताए ।

 

समयमा काम सम्पन्न भएपनि लामो समयसम्म भुक्तानी नपाउँदा व्यवसायीहरु मर्कामा परेको, अनियन्त्रीत मुल्यबृद्धिले आयोजनाको लागत बढ्न जाँदा व्यवसायीहरु मर्कामा परेको, बैंक ग्यारेण्टीमा समस्या देखिएकाले त्यसको सुधारका लागि र आवाज उठाउन आफुले सहकोषाध्यक्षमा उम्मेदवारी दिएको भट्टराईले बताए ।

 

भट्टराईले लेखनाथ उद्योग बाणिज्य संघको निर्वाचनमा पनि लोकप्रिय मतका साथ सदस्य पदमा विजयी भएका थिए । पोखरा र लेखनाथका आधा दर्जन संघसंस्थामा भट्टराईको संलग्नता रहेको छ । अध्यक्ष सहित सात पदाधिकारी र पाँच सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । निर्माण व्यवसायी संघ कास्कीमा चार सय ६१ जना सदस्यहरु आवद्ध रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...