पोखरा । ‘१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत यहि चैत्र १२ गते शनिवार हुने वाँकी इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको छ ।नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले पोखरा म्याराथन अन्तर्गत चैत्र १२ गते हुने वाँकी ६ वटा विभिन्न इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । यहि चैत्र १२ गते शनिबार १० किमि महिला÷पुरुष खुला दौड, विद्यालयस्तरिय ५ किमि छात्र÷छात्रा दौड, ह्विल चियर महिला÷पुरुष दौड र दृष्टिविहिन महिला÷पुरुष दौडको सम्पुर्ण तयारी पुरा भएको मञ्चका अधयक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
कोभिड १९ का कारण स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने भएकोले गत फागुन ७ गते मञ्चले खुला म्याराथन र हाफ म्याराथन गरी दुई वटा इभेन्ट मात्र आयोजना गरेको थियो । चैत्र १२ गते हुने इभेन्टहरुमा १ हजार ५ सय भन्दा वढीको सहभागिता रहेको अध्यक्ष पराजुलीले जानकारी दिए ।अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार १० किमि महिला÷पुरुष दौड पोखरा रंगशालाको गेट नं ६ बाट सुरु भई बुद्ध चोक, अम्वर सिंह चोक, गण्डकी हस्पिटल पुर्वी गेट हुँदै रानीपौवा चोक, महेन्द्रपुल विपी चोक, मानवअधिकार चोक हुँदै पुनः विपी चोक, न्युरोड, सभागृह चोक, सृजना चोक, जिरो किमी चोक, जरेवर, डिहिको पाटन, हल्लन चोक हुँदै बाराही घाट खेल मैदानमा पुगेर समापन हुनेछ ।
यसै गरी ५ किमि छात्र÷छात्रा दौड पोखरा रंगशालाको गेट नं ६ बाट सुरु भई पृथ्वीचोक, सभागृह चोक, सृजना चोक, जिरो किमी चोक, जरेवर, डिहिको पाटन, हल्लन चोक हुँदै बाराही घाट खेल मैदानमा पुगेर समापन हुनेछ ।प्रतियोगितामा १० किमि खुला महिला तथा पुरुष दौड विजेता प्रथम, द्वितिय र तृतिय हुनेले जनही नगद २० हजार, १५ हजार र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिलातर्फ १ सय र पुरुषतर्फ दौड पुरा गर्ने २ सय जनालाई मेडल प्रदान गरिने महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
यसै गरी ५ किमि ५ छात्र÷छात्रा दौडतर्फ दौड विजेता प्रथम, द्वितिय र तृतिय हुनेले जनही नगद १२ हजार, १० हजार र ७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी छात्र तर्फ ३ सय र छात्रातर्फ २ सय जना दौड पुरा गर्नेलाई मेडल प्रदान गरिने छ ।प्रतियोगितामा गण्डकी प्रदेशबाट विजेता हुने १० किमि महिला तथा पुरुष खुला दौड, ५ किमि छात्र÷छात्रा खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीले सम्मान स्वरुप छुट्टै पुरस्कारको व्यवस्था गरेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले जानकारी दिएका छन् ।