पोखरा, चैत १५ गते । कास्कीको माछापुच्छे गाँउपालिकामा युुवा संघ नेपालको कार्यालय उदघाटन गरीएको छ । राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय कमिटी सदस्य राजिब पहारीले कार्यालयको उदघाटन गरे । कार्यक्रममा बोल्दै पहारीले देश भिख मागेर चलाउन खोजिएको बताए ।उनले एमाले सग जुध्न सबै आफ्नो बिचार नमिलेनी गठबन्धन गर्न खोजिएको बताए ।
उनले अन्य युवा र राष्ट्रप्रती प्रतिबद्ध देशको सिमा किटान गर्न सक्षम राष्ट्रको दुर्त बिकासमा तल्लिन नेकपा एमालेको युवाको तुलना अरुसंग गर्न नमिल्ने बताए । उनले एमालेसंग सिङ्गल आउ अन्य दलहरुलाई चेतावनी दिए । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले जनताको माया र सदभाव एमालेप्रति रहेको बताउदै भुमिगत कालदेखि नै जनताले संरक्षण गर्दै आएकाले माछापुच्छ्रेका जनताको उच्च मुल्यांकन गरेको बताए ।
उनले युवा बिनाको पार्टी हुनै नसक्ने दावी गदै नेतृत्व लिन अब युवा तयार हुनुपर्ने बताए । उनले स्थानीय निर्वाचन केन्द्रित कार्यक्रममा जुटन आग्रह गरे । बैशाख ३० गतेको निर्वाचनबाट जनताले फैसला गर्ने भएकाले निर्वाचनमा विजयी प्राप्त गर्न पार्टीको सम्पूर्ण शक्ति लगाउने बताए । भेलालाई नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी, राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जिसी नेकपा एमाले माछापुच्छ्रे गाउँपालिका अध्यक्ष बिक्रम गुरुङ लगाएतले बोलेका थिए । माछापुच्छ्रे गाँउपालिका अध्यक्ष राजेन्द्र गौतमको अध्यक्षता भएको कार्यक्रम संचालन युवराज जि सिले गरेका थिए