महानगरले घटायो फेवातालको मापदण्ड, अव ३० मिटर कायम

पोखरा, चैत १७ गते । पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड घटाएको छ । बुधबार बसेको ५५ कार्यपालिकाको बैैठकले मापदण्ड घटाएको हो । फेवाताल किनारमा ६५ मिटर मापदण्ड रहेकोमा घटाएर ३० मिटरमा कार्यम गरिएको छ । मापदपण्ड बारे अध्ययन गरेर प्रतिवेदन बुझाउन पोखरा वडा नम्वर १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यपालिकामा बुझाइएको थियो । प्रतिवेदनमाथि छलफल गदै बैठकले मापदण्ड घटाउने निर्णय गरेको हो ।

समितिले अहिलेसम्म भएका फेवाताल  सम्वन्धि अध्ययन, सर्वोच्च अदालतको आदेश लगायतलाई मध्य नजर गदै फेवातालको मादपण्ड  घटाउने निर्णयमा पुगेको हो । यस्तै बैठकले लेखनाथका सात तालको समेत मापदण्ड घटाएको छ । बेगनासताल, रुपा, मैदी, गुदेँ, खास्टे, न्यूरेनी, दिपांग तालको समेत मापदण्ड घटाइएको छ । बेगनास र रुपा तालको ५५ मिटर कायम गरिएको छ भने अरु सानातालको मापदण्ड २० मिटर कायम गरिएको छ ।

 

बैठकले मापदण्ड बाहिरका जग्गा फुकुवा गर्न सम्वन्धित निकायलाई सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ । उपत्यका नगर विकास समितिले विगत १३ वर्षदेखि ताल किनारबाट झण्डै दुई सय मिटरसम्मका जग्गा रोक्का गरेका कारण स्थानीहरु मारमा परेका थिए । मादपण्ड तोकेसंगै रोक्का जग्गा फुकुवा हुनेभएपछि पीडित स्थानीयहरुमा खुशी ल्याएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...