पोखरा चैत्र १८ गते ।घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन नेपाली काँग्रेस गण्डकी प्रदेशले प्रदेश सभा निर्वाचन क्षेत्रमा निवार्चन केन्द्रित कार्यक्रम तय गरी खटाईएका प्रतिनिधिहरु ले प्रतिवेदन बुझाउन थालेका छन ।

गण्डकी प्रदेशका ११ जिल्ला अन्र्तगतका ३६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निवार्चन केन्द्रित कार्यक्रम तय गरी ७२ जना प्रदेश सदस्यहरुलाई निर्वाचन क्षेत्रमा खटाईएको थियो ।खटिएका सवै प्रतिनिधि हरुले सम्वधित प्रदेश सभामा गएर कार्यकर्ता र जनतालाई प्रदेको सन्देश दिएका थिए ।
स्याङजा २ खमा प्रतिनिध भएर जानु भएका सकुन्तला शर्माले घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानले गाँउमा पाटीको उत्साह थपिएको बताईन ।
प्रतिवेदन बुझदै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले उमेदवार छनोट गर्नका लागि प्रतिबेदन सहयोगी हुने वताए । केन्द्रले स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र मेयर/उपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन आएको उनको भनाई छ ।
प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्रि किरण वावु श्रेष्ठले अर्का महामन्त्रि विष्णु लामिछानेले पार्टीका नेता र कार्यकर्तासहित जनताका घरघरमा गएकाले अभियान सफल भएको वताए ।प्रतिनिधिहरुले चैत्र ५ देखि खटेका थिए ।