मदनस्मृति पार्कको उपप्रमुख गुरुङद्धारा उद्घाटन

पोखरा, चैत २४ गते । पोखरा महानगरपालिका वडा नं. ५ मदनमार्गमा निर्माण भएको मदनस्मृति पार्कको बिहिबार उद्घाटन भएको छ । पोखरा उपमेयर मञजुदेवी गुरुङले पार्कको उद्घाटन गर्नुभयो ।

त्यसैगरी वडा नं. ५ का ३२ वटा मुख्य सडकमा स्ट्रीट नम्बरीङ पोल राख्ने कार्यको प्रारम्भ समेत भएको छ । स्ट्रीट २७ पोल स्थापनाको पनि उपमेयर गुरुङले शुभारम्भ गदै स्वास्थ्य स्वच्छ वातावरण र सभ्य नागरिक बनाउन पार्कले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आधुनिक शहरको रुपमा पोखरा विकास भैरहेको चर्चा गर्नुभयो ।

 

 

पार्कमा आर्थिक भौतिक सहयोग गर्ने महानुभावहरुलाई दोसल्ला, खादा ओढाएर सम्मान गरिएको थियो । पार्क निर्माण समितिका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष धन बहादुर नेपालीले पार्कलाई निरन्तर व्यवस्थित राख्न र सुन्दरता बढाउन लागिरहने बताउनुभयो ।वडा सदस्यत्रय उज्वल खत्री, अञ्जु के.सी., हरिमाया विश्वकर्मा, लेख बहादुर केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...