पोखरा महानगरपालिका वडा नम्वर २० मा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत चयन भएका छन । वडा अध्यक्षमा गंगा बहादुर के.सी चयन भएका छन् । त्यस्तै उत्तम गुरुङ ( खुल्ला सदस्य)
गन्जमान गुरुङ ( खुल्ला सदस्य),मीना पौडेल ( खुल्ला महिला सदस्य) र रुपा नेपाली ( दलित महिला सदस्य)मा सर्वसम्मत भयन भएका छन् । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुदैछ ।
निर्वाचनका लागि एमाले कास्कीले हिजो आइतबार कास्कीका ७२ वटै वडामा उम्मेदवारी चयन गर्ने बताएको थियो तर धेरै वडामा सर्वसम्मत हुन नसक्दा लम्विएको छ । आज पनि उम्मेदवार चयनले निरन्तरता पाउने छ । आकांक्षी धेरै भएका कारण उम्मेदवारी छनोटमा एमालेलाई सकस परेको छ ।