एमालेबाट पोखराको मेयरमा १२ र उपमेयरमा ११ जना आकांक्षी

पोखरा, चैत २९ गते ।पोखरा महानगरपालिकालको मेयरमा एमालेबाट १२ आकांक्षा प्रस्तुत गरेका छन् ।आज पोखरा महानगर कमिटिको बैठकमा मेयरमा १२ जनाले आकाक्षा प्रस्ततु गरेका हुन् । त्यस्तै उपमेयरमा ११ जनाले आकांक्षा ब्यक्त गरेका छन ।

एमाले कास्कीले आज कास्कीका पाँचवटै पालिकामा मेयर र उपमेयरको नाम सिफारिस गर्न कमिटिहरुलाई निर्देशन जारी गरेको थियो । सोही अनुसार आज पाटवटै पालिकाका बैठकहरु बसेका थिए । पोखरा महानगरको बैठक जिल्ला पार्टी कार्यालयको हलमा भएको थियो ।

 

बैठकमा मेयरमा दर्शन लामा, पुष्पज्योती ढुङ्गाना, पुष्पराज अधिकारी, दिपक पौडेल, बालासिंह काउछा मगर, सावित्री भण्डारी, मिना कुमारी गुरुङ, भिमबहादुर कार्की, रश्मी आचार्य, प्राडा विश्वकल्याण पराजुली, कृष्ण बहादुर थापा र राजिब पहारीले कमिटीको बैठकमा नाम दर्ता गराउनुभयो ।

 

त्यस्तै महागनरको उपमेयरमा शुष्मा पौडेल,बैनबहादुर अधिकारी क्षेत्री, शोभामोहन पौडेल, बामदेव ढुङ्गाना, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, संजिबबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जिवनप्रसाद आचार्य, बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले आकांक्षा व्यक्त गर्नुभयो ।मेयरमा आउने चर्चा भएकी वर्तमान उपमेर मञ्जुदेवीले बैठकमा आकांक्षा ब्यक्त गर्नुभएन । उहाँले आकाक्षा राखेको भए सर्वसम्मत हुने सम्भावना रहेको एमालेका एक नेताले बताए । उहाँले आकाक्षा राख्नुभएन ।आजको बैठकमा एमाले नेताहरुले सर्वसम्मत नेतृत्व चयन गरेर जानुपर्नेमा जोड दिनुभयो । बैठकमा नेता खगराज अधिकारी, जगत विश्वकर्मा, मनबाहदुर गुरुंग लगायत बोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...