पोखरा, चैत २९गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठवन्धको मापदण्ड अनुरुपनै निर्वाचन लाग्न निर्देशन दिनु दिएका छन ।नेपाली काँग्रेस गण्डकी प्रदेशद्धारा पोखरामा मंगलवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै नेता पौडेलले स्थानिय पस्थिति र आवश्यकाता अनुसार नै केन्द«ले गठबन्धनको निती तयार गरेको बताए ।

उनले बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनकै कारण उमेदवार छनोटमा ढिलाई भएको बताए। गठबन्धन र तालमेलका कारण टिकटको टुङ्गो लगाउन समय लागेको समेत उनको भनार्य थियो ।वरिष्ठ नेता पौडेलले टिकट दिदाँ कार्यक्षमता, योगदान,निष्ठा,ईमानदारीतार लोकप्रिय नेतालाई छनोट गर्न निर्देशन दिए । एकमहिने प्रचार अभियानले पार्टी सुदृढ बनाउन मद्धत पुगेको र गाँउगाँउमा चुनावी माहोल बनाएको दावी समेत गरे ।
उनले पोखरा महानगर पालीकाको मेयर काग्रेसले लिने दावी समेत गरे । साथीहरुले मलाई र पाटी सभापतीलाई समेत भेटेर गठवन्धको नाममा मेयर नछाड्न आग्रह गरेका छन। उनले ६ ओटा महानगरको भागबन्डाका बारे छलफल भईरहेको समेत बताए ।गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठवन्धको नाममा वडा,नगर र जिल्ला तहको सुझाबलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।उनले पोखरा महानगरपालिका को नेतृत्व काँग्रेसले लिएर गठवन्धका दलहरुलाई साथमा दिएर जान सकिने दावी समेत गरे ।कार्यक्रम महामन्त्री विष्णु प्रसाद लामिछानेले प्रदेशका सांगठनिक गतिविधिका वारेमा जानकारी गराएका थिए ।