प्रदेश प्रमुख गुरुङद्धारा नयाँ वर्षको शुभकामना

पोखरा, बैशाख १ गते ।गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्धारा नयाँ वर्ष २०७९ साल आगमनको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली एवं गण्डकी प्रदेशबासी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रदेश प्रमुख गुुरुङले आज एक शुुभकामना सन्देश जारी गर्दै २०७८ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धीपूर्ण वर्षको रूपमा लिन सकिने उल्लेख गर्नुु भयो । उहा्ँले कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी भएकाले मृत्युदरलाई न्यून राख्न सफल हुनु जस्ता कुरा पनि गत सालका सकारात्मक उपलब्धीहरू हुन् भन्नु भयो । उहाँले महामारी कम भए पनि आम नागरिकमा यसको त्रास भने कायमै छ भन्दै सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्नु पर्ने बताउनु भयो ।

 

प्रदेश प्रमुुख गुुरुङले संविधान सभामार्फत् नयाँ संविधान जारी भएपछि हामी यसको कार्यान्वयनकै चरणमा छौं भन्दै संविधानको मर्म, भावना अनुसार गर्नु पर्ने धेरै काम भए पनि अझै यसले पूूर्णता नपाएका कारण जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नु परेको छ भन्नु भयो ।२०७९ साल भित्र संघीय संरचना अन्तरगतका सबै तहका निर्वाचन सम्पन्न गर्नुुपर्ने दायित्व समेत हामी संग छ भन्दै प्रदेश प्रमुुख गुरुङले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन नेपालको संघीय संरचनालाई स्थापित गराउन महत्वपुर्ण साबित हुने हुुँदा ति निर्वाचनहरुमा उत्साह, उमङ्ग तथा उल्लासमय रुपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुुदृढ बनाउन अनुरोध गर्नुु भयो ।

 

हाम्रो देशमा रहेका अथाह प्राकृतिक सम्पदा एवं मिहिनेती मानवीय संसाधनको समुचित र दीगो प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध एवम् समुुन्नत बनाउने दायित्व समेत हाम्रो काँधमा रहेको छ भन्दै प्रदेश प्रमुख गुुरुङले विधि र नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलहरुभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भैरहने छ भन्ने आशा सहित नयाँ वर्र्ष २०७९ ले सबैमा खुशीको संचारसहित सुदृढ राष्ट्रिय एकता र आत्मीय सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, उमङ्ग र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना प्रकट गर्नुु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...