पोखरा, बैशाख १ गते ।२०७८ को बिदाईसंगै विक्रम संवत् २०७९ को नयाँ बिहानी प्रारम्भ भएको छ । आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा। डा। माधव भट्टराई बताउँछन् ।

‘विक्रम ६० सम्वतसरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य सम्वत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम सम्वत् चल्दछ, शक सम्वतका विशेषतादेखि इश्वी सम्वतका व्यवहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने ।बितेको वर्ष मात्र होइन त्यसअघिको वर्षदेखि नै विश्व जटिल र अस्वस्थ बनेको थियो । कोभिड–१९ को असर स्वास्थ्य क्षेत्रमा मात्र परेन आर्थिकलगायत समग्र क्षेत्रमा पनि नकाराबितेको वर्ष मात्र होइन त्यसअघिको वर्षदेखि नै विश्व जटिल र अस्वस्थ बनेको थियो ।
कोभिड–१९ को असर स्वास्थ्य क्षेत्रमा मात्र परेन आर्थिकलगायत समग्र क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्यो ।नयाँ वर्षले सवै नेपालीमा आशाको सञ्चार ल्याएको छ । २०७८ सालमा देखा परेका सबै खाले सकटको अन्त्य गदै देश नयाँ बाटोबाट अगाडी बढने विश्वास गदै शुभकामना आदान प्रदान गरेर २०७९ को स्वागत गरेका छन् । नयाँ वर्षमा राष्टपति, उपराष्टपति, प्रधानमन्त्री, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री सबैले शुभकामना ब्यक्त गरेका छन् ।। नयाँ वर्षको स्वागतमा देभ विभिन्न कार्यक्रमहरु आयोजना भएका छन् । पोखराको फेवाकिनार लेकसाइडमा नयाँ वर्ष महोत्सव आयोजना गरिएको छ । नयाँ वर्ष मनाउन लेकसाइडमा आन्तरीक पर्यटकको भिड लागेको थियो ।